इन्द्रेणी संवाददाता
काठमाडौं, ८ मंसिर । नेपालमा आज थप एक हजार ९८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख २२ हजार २८८ पुगेको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल नेपालमा १८ हजार ८८४ जना सक्रिया संक्रमित छन् । वितेको २४ घण्टामा तीन हजार ४३ जना निको भएका छन् । योसँगै निको हुनेको संख्या दुई लाख दुई हजार ६७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप १६ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ३३७ पुगेको छ ।











