इन्द्रेणी संवाददाता
काठमाडौं, ४ मंसिर । नेपालमा आज विहीबार थप २ हजार १०३ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै कूल संक्रमितको संख्या दुई लाख १५ हजार २० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

coronabata mrityuत्यस्तै गएको २४ घण्टामा दुई हजार आठ सय ५८ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या एक लाख ८५ हजार ६ सय ३८ पुगेको छ ।

अब नेपालमा २८ हजार एक सय ६ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै सात सय ६७ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । २४ घण्टामा थप १७ सङ्क्रमितको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार दुई सय ७६ पुगेको छ ।