इन्द्रेणी संवाददाता
काठमाडौं, ४ मंसिर । त्रिभुवन विश्वविद्यालयले स्नातक तहको परीक्षा तालिका सार्वजनिक गरेको छ । गएको वैशाखमै हुनुपर्ने परीक्षा कोरोना जोखिमका कारण स्थगित भएको थियो ।

TUस्थगित परीक्षा मंसिर २८ गतेदेखि सुरु गर्ने गरी नयाँ तालिका सार्वजनिक भएको हो । वार्षिक प्रणाली अन्तर्गत स्नातक तह चौथो वर्षमा अध्ययन गर्ने विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी परीक्षा लिने र नतिजा प्रकाशन गर्ने विश्वविद्यालयको तयारी छ ।

विश्वविद्यालयले व्यवस्थापन, शिक्षाशास्त्र सङ्काय र विज्ञान अध्ययन संस्थान अन्तर्गत स्नातक तह चौथो वर्षको परीक्षा तालिका सार्वजनिक गरेको हो ।

परीक्षा तालिका हेर्नका लागि तलको वेयवसाइट खोल्नुहोला

https://tuexam.edu.np/view-notice-details.MjQz?