इन्द्रेणी संवाददाता
काठमाडौं, ३ मंसिर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक फेरि दश दिनपछि बस्ने गरी सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको बैठकले अर्को बैठक मंसिर १३ गते शनिबार बस्ने निर्णय गरेको छ ।

KP-अर्को बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बैठकको नयाँ प्रस्ताव तयार गरेर बैठकमा प्रस्तुत गर्नुहुने निर्णय भएको प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिएका छन् । सचिवालय बैठकको विषयबारे थप छलफल र अनुमोदन गर्न मंसिर १८ गते विहिबार स्थायी कमिटी बैठक बस्ने उनले बताए ।

त्यस्तै, केन्द्रीय कमिटीको बैठक २५ गतेका लागि सार्ने निर्णय गरिएको छ । यसअघि केन्द्रीय कमिटी बैठक १५ देखि १७ गतेसम्म बस्ने तय भएको थियो ।