इन्द्रेणी संवाददाता
काठमाडौं, २८ कार्तिक । नेपालमा आज शुक्रवार थप २ हजार १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कूल संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

koronaपछिल्लो २४ घण्टामा ३ हजार ५३७ जना निको भएर घर फर्किएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १ लाख ६८ हजार एक सय २९ पुगेको छ ।

अब नेपालमा ३७ हजार २२ जना सक्रिय संक्रमित छन् । ९८६ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १३ जनाको ज्यान गएको छ । योसँगै कोरोनाबाट ज्यान मुमाउनको संख्या एक हजार दुई सय दुई पुगेको छ ।