इन्द्रेणी संवाददाता
काठमाडौं, २४ कार्तिक । नेपालमा आज सोमवार २ हजार ५७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कूल संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार सात सय ९८ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै निको हुनेको संख्या १ लाख ५९ हजार ७२४ पुगेको छ ।
गएको २४ घण्टामा १८ जनाको ज्यान गएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार १२६ पुगेको छ ।











