इन्द्रेणी संवाददाता
घोराही, ३० असार
नेपाल लोकतान्त्रीक आदिवासी जनजाति महासघ अञ्चल समन्वय समितिकोे घोराहीमा बसेको वैठकले प्रथम राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन गरेको छ ।feature

यही श्रावण १५ र १६ गते काठमाण्डौमा हुन लागेको प्रथम राष्ट्रिय महाधिवेशनका लागि लागि वैठकले नरुलाल चौधरी दाङ, न्यूटन चौधरी सल्यान, हेमराज पुन रुकुम र महिला सदस्यमा मिना गुरुङलाई सर्वसहमतिमै चयन गरेको हो ।

त्यस्तै वैठकले विवेक श्रेष्ठ,सतमान पुर र हितमान रोकायलाई प्रतिनिधिका लागि केन्द्रीय कमिटिमा सिफारिस गर्ने निर्णय गरेको छ ।।