अजयदीप शर्मा

दाङ । श्रीमानको मृत्युपछि दुई सन्तानको अभिभारा बोकेर रोल्पाबाट दाङ झरेकी धनमाया बुढाका सामू चार बर्षअघि सम्भावनाका भन्दा समस्याका पहाडहरु अनगिन्ती थिए । न पैसा न कुनै समाउने हाँगो । कुनै पेशाबिना दाङमा बस्न गा¥हो भएपछि धनमायाले आफ्नै बाबुको सहारामा हिम्मत जुटाइन् र शुरुवात गरिन् व्यावसायिक कृषि यात्रामा । हिम्मत र जाँगर भए सुन पनि फलाउन सकिन्छ भन्ने तथ्यको चरितार्थ गरिन् धनमायाले । श्रीमान्ले कमाइदिएको थोरै पैसामा ऋण, थपेर च्याउ, बाख्रा र बंगुर पाल्न थालेकी धनमायाले तीन बर्ष पुग्दा नपुग्दै धन उपार्जन गर्न थालिहालिन् । आजभोलि धनमाया च्याउ उत्पादन र प्रशोधन गर्ने महिला उद्यमी भनेर चिनिन्छिन् । एक करोड बढीको लगानीमा कृषि उद्यमीको परिचय बनाइसकेकी धनमायाको सफलता र मेहनतलाई साथ दिएको छ साना तथा मझौला कृषि आयस्तर परियोजना ९रिजम० नेपालले ।

13711602_10208533327201965_752578384_oघोराही–२ गैरागाउँमा साढे दुई बिघा जमिन लिजमा लिएर कृषि व्यवसायको थालनी गरेकी २७ बर्षीय धनमाया पुनले घोराहीकै बयरबट्टामा जलजला मसरुम र प्रोसेसिङ फर्म खोलेर च्याउ उत्पादन र प्रशोधन गर्ने कार्यको थालनी गर्दै आएकी छिन् । च्याउ उत्पादन र प्रशोधनमा १ करोड ७ लाखको लगानी लगाएकी धनमायालाई रिजमले ३८ लाख ५९ हजार रकम अनुदान दिएको छ भने बाँकी रकम गरिराखेको व्यवसायबाट जुटाएको र केही रकम मात्र बैकबाट कर्जा लिएकोे उनले बताइन् । बालबच्चाको भविष्यका लागि आफूले केही गर्नुपर्ने बाध्यता भएपछि कृषि क्षेत्रमा राम्रो भविष्य देखेर आकर्षित भएको बताउने धनमायाले च्याउ उत्पादन र पशुपालनलाई पेशाको रुपमा अंगाली अघि बढेको बताउँछिन् ।

धनमाया भन्छिन्– ‘मेरो पेशा र जाँगरमाथि यहाँको उद्योग वाणिज्य संघ र रिजम संस्थाले ऊर्जा थपिदिएका छन्, जसले गर्दा मलाई सफलताका साथ अघि बढ्न सजिलो भएको छ ।’ कलिलो उमेरमै श्रीमानको दुर्घटनामा परी निधन भएपछि विरतm मन लिएर छोराछोरी र आमाबुवासहित रोल्पाको पाछावाङबाट दाङ झरेकी धनमायालाई छोराछोरी पढाउने चिन्ताले झन पिरोल्न थाल्यो । उनीलाई त्यतिबेला आफ्नो जीवनमा भाग्यले नराम्रोसँग ठग्यो भन्ने लागेको थियो रे । त्यतिबेलाको अबस्था सम्झदैं उनी भन्छिन्, ‘मनभरि पीर बोकेर मात्र मेरो गृहस्थी चल्दैनथ्यो र बालबच्चाको पेट भरिदैनथ्यो । मैले मनभित्रैबाट केही नगरी नहुने अठोट लिएँ र हिम्मत बटुलें । बुवाआमाले साथ दिनुभयो र मैले कृषि व्यवसायमा हाम्फालें, बिस्तारै सफलताले पनि मलाई साथ दिदै गयो र सहयोगी संस्थाहरु पनि पाउँदै गए, जसले आज मलाई उद्यमी बन्नमा ठूलो सघाउ पु¥यायोे ।

शुरुमा व्यावसायिक परामर्शबाट सहयोग गरेको जिल्ला उद्योग वाणिज्य संघले धनमायाको उद्यमशीलतामा देखिएको प्रगतिले लगानी गर्न इच्छा देखायो र रिजममार्फत् अनुदान प्रदान ग¥यो । व्यवस्थित तरिकाबाट च्याउ उत्पादन र प्रशोधनका लागि धनमायाले भौतिक संरचना निर्माणमा ठूलै लगानी लगाइसकेकी छिन् । साउनदेखि करिब १० हजार पोका राखेर च्याउ उत्पादन गर्ने र एक पोकाबाट ३ देखि ५ किलोसम्म च्याउ उत्पादन हुने उनले बताइन् । र भाद्रदेखि च्याउ प्रशोधन कार्य थाल्ने जानकारी पनि धनमायाले दिइन् ।

त्यसका लागि उनले ६ कोठाको ठूलै भवन निर्माण गरिसकेकी छिन् भने अहिले प्रशोधन मेसिन सेटिङ गर्ने काम भइरहेको उनले बताइन् । २६ लाखको लागतमा च्याउ प्रशोधन मेसिन ल्याएकी धनमायाले प्रशोधनबाट च्याउको अचार, पाउडर र सुकुटी तयार पारिने बताइन् । च्याउ प्रशोधन मेसिनको साथमा ड्राइमेसिन र मिक्सर जसले एक लटमा एक क्विटल १ घन्टामा सुकाउन सक्ने र एक पटकमा ५०÷५० केजी एकैचोटी मिक्स गर्न सकिने धनमाया बताउँछिन् । प्रशोधित गरी प्याकिङ गरिएको उक्त च्याउ काठमाडौं, पोखरा, नारायणघाट, बुटवल, नेपालगञ्ज र दाङलगायतका बजारहरुमा पु¥याउने तयारीसहितको सम्पर्क आफूले जोडिसकेको जानकारी पनि उनले दिइन् । बर्षमा १० टन च्याउ प्रशोधन गरेर ४० देखि ५० लाखको कारोबार गर्ने लक्ष्य आफू राखेको पनि उनले बताइन् ।

उनले आफ्नो व्यवसायमा ५ जनालाई रोजगारी दिइरहेकी छिन् भने बुबाआमाको सपोर्टबाट अहिले ४७ वटा बाख्रा पनि पाल्दै आइरहेकी छिन् । र अब माछापालनको तयारीमा रहेको पनि उनले जानकारी दिइन् । एक पछि अर्को सफलताको सिढी चढ्दै गइरहेकी धनमायाले च्याउ व्यवसाय मात्र होइन, अध्ययनलाई पनि सँगसँगै अगाडि बढाइरहेकी छिन् । अहिले उनले राप्ती शिक्षा क्याम्पस घोराहीबाट शिक्षा बिषयमा एमएडको पढाइलाई अगाडि बढाइरहेकी छिन् भने छोराछोरीलाई समेत लगनशील बनाएर पढाउँदै छिन् ।

एकल महिलाले उद्यम गर्दा शुरुमा मानिसहरुको धारणा राम्रो थिएन तर उनले प्राप्त गर्दै गरेको सफलताबाट कुरा काट्नेहरु पनि आजभोलि परामर्श लिन आउने गरेका छन् । धनमायाका सामु अहिले धेरै महिलाहरु धेरै कुरा जान्न र बुझ्न आउने गर्छन् । उनले आफूसँग परामर्श गर्न आउने दिदीबहिनीहरुलाई आत्मनिर्भरताका लागि कुनै न कुनै उद्यमशीलतामा लाग्न प्रेरित गरिरहेकी छिन् भने समूहहरुमा आबद्ध हुन सल्लाह पनि दिने गर्छिन् । आफ्नो च्याउ प्रशोधन केन्द्रमा खरिद गरिने च्याउमा २ सय २५ महिलाहरु आबद्ध रहेको १० वटा समूह रहेको र आफूले तिनै महिलाहरुले उत्पादन गरेको च्याउ खरिदलाई नै बढी प्राथमिकता दिने गरेको धनमाया बताउँछिन् । उनी महिलाहरुले गर्ने उत्पादनलाई मात्र प्राथमिकता दिदैनन्, महिला दिदीबहिनीलाई च्याउ उत्पादन तालिम पनि दिदै आइरहेकी छिन् ।

राम्रो हावापानी, लगानी कम र कच्चा पदार्थ पनि सजिलै पाइने भएकाले जिल्लाका धेरैजसो महिला दिदीबहिनीहरु च्याउ उत्पादन व्यवसायमा लागेको धनमाया बताउँछिन् । अब प्रशोधन हुन थालेपछि च्याउ बजारको समस्या पनि नपर्ने भएकाले यसको उत्पादन गर्नेको संख्यामा बृद्धि हुँदै जाने उनको भनाई छ । निकट भविष्यमा आफूले च्याउको बीउ पनि उत्पादन गर्ने लक्ष्य राखेको धनमाया बताउँछिन् । धनमायाले आफूसँगै धेरै साथीहरुलाई आफूजस्तै उद्यमी पनि बनाउँदै लागिरहेकी छिन् । घोराही र नारायणपुरमा रहेका उनकै उमेरकी उषा चौधरी र प्रेरणा चौधरीलाई उनले उद्यमी मात्र बनाएकी छैनन् रिजमबाट अनुदानसमेत दिलाएर उनीहरुलाई व्यावसायिक तरकारी उत्पादनमा अग्रसर बनाइराखेकी छिन् । यस बारेमा उनी भन्छिन्, ‘म आफू मात्र कृषि व्यवसायमा लागेकी छैन, धेरै दिदीबहिनीहरुलाई पनि यस क्षेत्रमा लाग्न सहयोग र सल्लाह प्रदान गरिरहेकी छुु । आफ्नो बारेमा उनी थप अगाडि भन्छिन्, ‘हिजो मलाई समाजले चिन्दैनथ्यो आज पत्याउने भएको छ, यही नै मेरो सफलता र खुसीको फल हो ।’

धनमायाको परिश्रम, जाँगर र आँटले उनको जीवनमा परिवर्तन ल्याउनुका साथै उनीलाई आत्मनिर्भर र स्वाभिमानी बनाएको छ । यसका साथै परिवारमा पनि खुसी ल्याएको छ । हिजो श्रीमान् नभएकी यो महिलाले के गर्ली भनेर समाजमा खिसिट्युरी गर्नेहरु आज धनमायाको प्रशंसा गरिरहेका छन् । आज उनीबाट सहयोगको अपेक्षा राख्नेहरु पनि धेरै छन् भने उनी सफल महिला उद्यमी भएको उदाहरण प्रस्तुत गर्नेहरु पनि समाजमा बढ्दै गइरहेका छन् ।



Comments are closed.