इन्द्रेणी संवाददाता
बर्दिया, १६ कार्तिक । बर्दियामा बाघको आक्रमबाट एक जनाको ज्यान गएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रसँग सीमा जोडिएको गेरुवा गाउँपालिकामा शनिबार बेलुका पाटेबाघको आक्रमणबाट ६८ वर्षीय लहानु थारुको ज्यान गएको हो ।
घर नजिकै रहेको खोलामा गोरुलाई पानी खुवाउने क्रममा थारुलाई बाघले आक्रमण गरेको थियो । आक्रमणबाट घटनास्थलमै उनको ज्यान गएको बताइएको छ ।
बाघ थारुलाई आक्रमण गरेर मारेपछि त्यहीँ छाडेको र एउटा गोरुलाई बोकेर जंगलतर्फ लगेको निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम थापाले जानकारी दिएका छन् । एक महिनाको अवधिमा बर्दियामा पाटे बाघको आक्रमणबाट पाँच जनाको ज्यान गएको छ ।











