घोराही, ३० असार
चालु आर्थिक वर्ष २०७२÷७३ मा दाङ सहित मध्यपश्चिमका १५ जिल्लामा दैवी प्रकोपबाट ७५ जनाको मृत्यु भएको छ । बाढी, हावाहुरी, आगलागी, चट्याङ लगायतका दैवी प्रकोपबाट ७५ जनाको मृत्यु हुनुका साथै  ७४ करोड २० लाख ८२ हजार रुपैयाँ बराबरको भौतिक सम्पत्ति क्षति भएको हो ।badipahirao_1467624095

मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालयका अनुसार दैवी प्रकोपबाट दुई हजार ७२१ घर गोठ क्षति भएका छन् । यस्तै २७३ पशु चौपाया मरेका छन् । मध्यपश्चिमका अधिकांश जिल्लामा बाढी र आगलागीका घटनाबाट धेरैको ज्यान जाने गरेको छ ।।