ज्ञानु गौतम
रुकुम (पश्चिम), १५ कार्तिक । रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नं. १० खोलागाउँमा सहिद स्मृति नगर अस्पताल सञ्चालनमा आएको छ । चौरजहारी नगरपालिकाको ११ लाख ५० हजार र कर्णाली प्रदेशको पूर्वाधार क्षेत्र विकास कार्यक्रमअन्तर्गत ६९ लाख ५० हजार गरी करीव ८१ लाखको लागतमा उक्त अस्पताल निर्माण गरिएको हो ।

123102522_3595018400549623_3698515774131838036_nनवनिर्मित अस्पतालको उद्घाटन कर्णाली प्रदेश सभाका सदस्य गोपाल शर्माले गरे । अस्पताल उद्घाटन गर्दै प्रदेश सभा सदस्य शर्माले विकास तोरोमेरो नभएर जनताको हुने भएकाले यसको विकास र संमृद्धिका लागि सबै अग्रसर हुनुपर्ने बताए । विकास गर्ने सवालमा कसैले पनि राजनीति नगरेर एकतावद्ध भएर लाग्नुपर्ने शर्माको जोड थियो ।

wwकार्यक्रममा बोल्दै नगर प्रमुख विशाल शर्माले अस्पतालवाट प्रदान गर्ने सेवा सुविधा जनताले महशुस गर्ने खालको दिन स्वास्थ्यकर्मीलाई निर्देशन दिए । अस्पतालको सेवा सुविधालाई चुस्त रुपले प्रदान गर्न समेत आग्रह गरे । साथै अस्पतालको विकास एवं नगरको विकास गर्नु सबैको दायित्व भएकाले सबै एकजुट भएर लाग्नुपर्नेमा शर्माको जोड थियो ।

प्रारम्भिक चरणमा पाँच शैयाबाट स्वास्थ्य सेवा सुचारु गरेको नगर अस्पतालबाट ओपिडी सेवा, आकस्मिक सेवा, प्रसुती सेवा, ल्याब सेवा, फार्मेसी सेवा, एक्सरे तथा भिडियो एक्सरे सेवालगायतका सेवा सञ्चालनमा आएका छन् । अस्पताल सञ्चालमा आएपछि नगरपालिकाका वडा नं. १०, ११, १२, १३ र १४ को स्थानीयले प्रत्यक्ष रुपमा स्वास्थ्य सुविधा पुग्ने छ । अस्पताल निर्माणका लागि स्थानीय टेकबहादुर बुढाथोकी र ममी बुढाथोकीले छोरी ललिताको स्मृतिमा ५ रोपनी जग्गा निःशुल्क प्रदान गरेका थिए । यसअघि यस क्षेत्रमा यसप्रकारको अस्पताल नहुँना चौरजहारीमा रहेको मिसन अस्पतालमा उपचारका लागि जानुपर्ने वाध्यता थियो ।