टार्जन खड्का
दाङ, १३ कार्तिक । जीवनमा कहिल्यै पक्की घरमा वसुला बनेर नसोचेका विपन्न दलित परिवारको घर सरकारले बनाइदिएपछि दाङको रामपुरका विपन्न दलित समुदाय निकै खुसी भएका छन् ।
सरकारले जनता आवास कार्यक्रमअन्तरगत घोराही उपमहानगरपालिका वडा नं. २ बालिम, कटैया, चप्री र पलासेका ५ जना बिपन्न दलित परिवारका दुई कोठे पक्की घर बनाउन रकम दिएको छ । जसबाट अहिले कतिको घर निर्माण सम्पन्न भैसकेको छ भने कतिपयको अन्तिम चरणमा रहेको छ । बर्षौदेखी ऐलानी जग्गामा बनेको साँनो झुपडी त्यसमा पनि गत बर्षको बर्षादले भत्काएपछि पलासेकी राधादेवी बिकको मन कम्ता रोएको थिएन ।
झुपडी भत्कीएपछि ससुरालीमा घरज्वाई वस्न गएका जेठा छोराको माइती घर बिक दम्पतीको साहारा बन्न पुग्यो । “छोरा बुहारी विदेश गएका छन,सानो नातीलाई हेरचाह गर्दै आएका छु बिकले भनिन्, ‘श्रीमानको जन्डीस र पेट फुल्ने समस्या छ । औषधिमुलो गर्ने पैसा समेत छैन । झन नयाँ घर बनाएर वस्ने त कुरै भएन ।’ बिक पेट पाल्नका लागि बालिम खोलामा गिट्टी कुट्दै आएको उनको भनाइ छ । उनका श्रीमान श्रीमान चित्रबहादुर विरामी छन् । तर हिम्मत नहारेमा भगवानले पनि हेर्दा रैछन भने झै उनको दयनिय अवस्था देखेर वडा अध्यक्ष केशवराज आचार्यको सिफारिसमा शहरी बिकास तथा भवन निर्माण डिभिजन कार्यालय दाङको जनता आवास कार्यक्रमबाट उनको घर निर्माणका लागि करिव साडे तीन लाख रुपैयाँ प¥यो । जसबाट अहिले उनको दुई कोठे बरन्डासहितको पक्की घर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
यस्तै लामो समयदेखी अरुको आलिसमान घर बनाउदै आएका मान बहादुर दमाईले आफ्नै पक्की घर बनाएर बसुला भनेर बर्षौदेखी सपना देखेका थिए । त्यसकै लागि ऋणधन गरी बिदेश जाने र पैसा कमाएर घर बनाउन भनि पासर्पोट बनाई सकेका थिए । तर उनि विदेश नजादै जनता आवास कार्यक्रमबाट उनको पक्की घर बन्ने भयो । जसबाट उनी र उनको परिवारमा छुट्टै किसिमको रौनकता छायो । अहिले उनको भवन निर्माणको काम पनि अन्तिम चरणमा रहेको छ । उता बर्षौदेखी बिभिन्न दुख कष्ट र मेहनत गर्दै आएका घोराही उप महानगरपालिका २ जनएकता बालिम टोल वस्ने किम्मत प्रसाद पछाई जिन्दगीदेखी हार खाई सकेका थिए । आफ्नो र परिवारको पेट पाल्नका लागि उनले कुनै पनि काम बाकी छाडेनन् । तर पनि उनको हातमा सोचे जस्तो उपलव्धी हात लाग्न सकेन ।
रोल्पा जिल्लाको पाङबाट बसाई सरेपछि उनले बिभिन्न समस्यासंग जुध्दै अगाडी बढ्दै आएको बताउछन । तर पनि बल्ल बल्ल प्राप्त भएको यस जुनीमा आई आइपर्ने अप्ठेयारासंग नआत्तीने र सप्ठेयारो संग नमात्तीएमा अवस्य एक दिन सफलता मिल्छ भन्ने अठोट गरे । बिपन्नको घर बनाउने सरकारी योजना अनुसार उनको पनि जनता आवासबाटै घर बन्दै छ । जसले गर्दा उनमा पक्की घरमा बसेर जिवन काट्ने सपना पुरा भएको छ । अहिले वडा नम्वर २ मा ५ वटा घर बनाउन जनता आवास कार्यक्रमबाट बजेट परेको छ । गत बर्षको बजेटबाट दुई वटा घर निर्माण सम्पन्न भैसकेको छ । बिपन्न परिवारको घर निर्माणका लागि आवश्यक सहयोग र सहजीकरण गर्नका लागि वडा सदस्य गिर बहादुर केसीलाई जिम्मेवारी दिएको वडा अध्यक्ष केशवराज आचार्यले जानकारी दिए ।











