इन्द्रेणी संवाददाता
दाङ ,११ कार्तिक । आफ्नै बाबुको हत्या आरोपमा दाङमा छोरालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको बङ्गलाचुली गाउँपालिका वडा नं। २ निवासी २२ बर्षीय छोरा बीरबहादुर विकले शनिवार बिहान आफ्नै ४५ बर्षीय बुबा बालाराम बिकलाई घरको छतबाट फालेर हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता डिएसपी सुमित खड्काका अनुसार शुक्रबार राति पौने १२ बजेतिर घरायसी सामान्ने विवादका क्रममा छोराले बाबुलाई घरको छतबाट फालेपछि उनको घटनास्थलमै मृत्यु भएको थियो ।
घटनाबारे प्रहरीलाई शनिवार विहान २ बजे खवर आएको तथा त्यसपछि प्रहरी पुगेर छोरालाई नियन्त्रणमा लिएको डिएसपी खड्काले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।











