इन्द्रेणी संवाददाता
बार्दिया, ६ कार्तिक । बर्दियामा बाघको आक्रमणबाट एक जना महिलाको ज्यान गएको छ । बर्दियाको मधुवनमा पाटे बाघले आक्रमण गर्दा मधुवन नगरपालिका ३ की गंगा खत्रीको ज्यान गएको हो ।
सम्झना सामुदायिक वनमा डालेघाँस काट्न गएकी भगरैया घर भएकी खत्रीकोलाई बाघले आक्रमण गरेको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख महेन्द्रराज वाग्लेले बताए ।
बुधबार साँझ बाघको आक्रमणमा परेकी खत्री घिसार्दै लैजाने क्रममा सशस्त्र प्रहरीको बेस क्याम्प नजिक मृत फेला परेकी थिइन् । दुई हप्ताअघि पनि मधुवन नगरपालिकाकै माछा मार्न गएका एक किशोरको बाघको आक्रमणबाट ज्यान गएको थियो ।











