इन्द्रेणी संवाददाता
दैलेख, ५ कार्तिक । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय दैलेखबाट एकजना कर्मचारी र लेखापढी व्यवसायीलाई नियन्त्रणमा लिएको छ ।

ghusगएको सोमबार मालपोत कार्यालय दैलेखमा कार्यरत खरिदार भुवन केशर खनाल र लेखापढी व्यवसायी धनबहादुर बुढालाई नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले बताएका छन् ।

खरिदार खनाल र लेखापढी व्यवसायी बुढाले जग्गा नामसारी गर्दा सहजिकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचनाका आधारमा आयोगको सुर्खेतस्थित कार्यालयबाट खटिइएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

प्रवक्ता अधिकारीका अनुसार उनी दुई जनाले सेवाग्राहीबाट लिइसकेको ५ हजार रुपैयाँसहित कार्यालय परिषरबाटै टोलीले नियन्त्रणमा लिइएको हो ।