काठमाडौं, ३ कार्तिक । नेपाली कांग्रेसले सङ्घीय संसद्का सदस्यहरुलाई सरकारले उपलब्ध गराएको दशैँ भत्ता रकम फिर्ता गर्ने भएको छ ।
कांग्रेस संसदीय दलको सोमबार बसेको बैठकले नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने सबै सांसदहरुलाई उपलब्ध गराइएको दशैँ भत्ता फिर्ता गर्ने निर्णय गरेको हो ।
प्रमुख सचेतक बालकृष्ण खाँणका अनुसार कोरोना महामारीको कारणले उत्पन्न विषम परिस्थितिमा आम नेपाली नागरिकले रोग, भोक, अभाव, पीडा र कठिनाइ भोगिरहेका अवस्थामा जनप्रतिनिधिलाई दशैँ भत्ता वितरण गर्ने सरकारको निर्णय समय सान्दर्भिक र उचित नभएको ठहर गर्दै फिर्ता गर्ने निर्णय गरेको हो ।











