इन्द्रेणी संवाददाता
दाङ, ३ कार्तिक । प्रहरीले दाङमा जुवाको खालबाट पाँच जनालाई पक्राउ गरेको छ ।
घोराही उपमहानगरपालिका वडा नं. १५ जनकल्याण टोलस्थित प्रविण खत्रीको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई नगद १ लाख ३७ हजार ९४० रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी सुमित खड्काले जानकारी दिएका छन् ।
पक्राउ पर्नेहरुमा घोराही १५ का प्रविण खत्री, दिलबहादुर घर्ती मगर, हेमन्त बुढाथोकी, भरत जिएम र गोविन्द शाह रहेका छन् । उनीलाई नगद तासका १२ वड्डी सहित जुवा खेलीरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुलाई कार्तिक १ गते नियन्त्रणमा लिएको हो ।











