इन्द्रेणी संवाददाता
काठमाडौं, २ कार्तिक । नेपालमा आज आइतवार थप २ हजार ९४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार नेपालमा आइतवारसम्ममा सक्रिय संक्रमितको संख्या ३९ हजार ३४१ जना रहेका छन् । नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या ९२ हजार १६६जना पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा थप १२ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट ७३९ जनाको मृत्यु पुष्टि भएको छ ।
हाल मुलुकका विभिन्न भागमा रहेका क्वारेन्टाइनमा ४ हजार ८३१ जना रहेका छन् । विगत २४ घण्टामा २ हजार ३२६ जना कोरोना संक्रमणबाट मुक्त भई डिस्चार्ज भएका छन् ।











