इन्द्रेणी संवाददाता
काठमाडौंं, २ कार्तिक । अब लामो तथा मध्यम दुरीका यातायातका साधनमा यात्रा गर्दा फेस शिल्ड (भाइजर) अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने छ । दशैं नजिकिदै गर्दा सवारीमा यात्रुहरुको भिड हुने र यसले कोरोनाको जोखिम बढाउने भन्दै सरकारले लामो तथा मध्यम दुरीमा यात्रा गर्दा फेस शिल्ड अनिवार्य गरेको हो ।

faceयातायात व्यवस्था विभागका सूचना अधिकारी डाक्टर लोकनाथ भुसालले लामो तथा मध्यम दुरीमा यात्रा गर्दा यात्रु आफैले फेस शिल्डको व्यवस्था गर्नुपर्ने निर्णय भएको जानकारी दिएका छन् । कोरोनाको सङ्क्रमणबाट जोगिन यात्रु आफै सचेत हुनुपर्ने उनको भनाइ छ ।

यस्तै सार्वजनिक बसमा दुवै सिटमा यात्रु राख्न पाउने निर्णय भएसँगै पहिलेकै भाडादर लागू हुने उनले स्पष्ट पारे । यसअघि जे–जस्तो भए पनि अबदेखि पुरानै भाडा लागू हुने र कोही कसैले बढी भाडा लिए कानुनअनुसार कारबाही हुने भुसालले बताए ।