इन्द्रेणी समाचारदाता
रोल्पा, ३० असार ।
रोल्पाको गैरीगाउँमा पनि २०३ औं भानु जयन्ती मनाइएको छ । ललित साहित्य परिषद्, गैरीगाउँ उपशाखाको आयोजनामा गैरीगाउँको तिलामा एक कार्यक्रमका बीच भानु जयन्ती मनाइएको हो । rolpa

कार्यक्रममा सशस्त्र प्रहरी सुरक्षा वेश क्याम्प गैरीगाउँका ईन्चार्ज धनबहादुर सिंह, स्वास्थ्य चौकी गैरीगाउँका ईन्चार्ज संजोग कुमार हरिजन, नेकपा माओवादी केन्द्र गैरीगाउँका भुपेन्द्रबहादुर चन्द, वीरेन्द्र मावि गाङका शिक्षक हरिप्रसाद घर्ती, प्रावि मूलटाकुराका प्रअ भिमाकुमारी वली, रोल्पा सनराइज बोर्डिङ्का प्रिन्सिपल मानबहादुर पुन, दिपमाला बचत तथा ऋण सहकारी संस्था गैरीगाउँका अध्यक्ष लालसरी घर्ती, तिला रिची सा.व.उ.स.का अध्यक्ष विजय डाँगीलगायतले मन्तव्यका साथै रचना वाचन गरेका थिए ।

स्थानीय बुद्धिजीवि मानबहादुर पुनको प्रमुख आतिथ्यता र गीतकार नरबहादुर डाँगीको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । सोही अवसरमा सम्पन्न कविता प्रतियोगितामा राजबहादुर बुढामगर प्रथम, विश्वास बुढामगर द्वितीय र अस्मिता परियार तृतीय भएका थिए ।

‘गैरीगाउँको तिलाबजारमा एक अतिथि एक रचना’ भन्ने नाराका साथ उपशाखाका का.बा. अध्यक्ष गंगा चिन्तितको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको सञ्चालन माइकल घर्तीमगरले गरेका थिए ।।