रुकुम, ३० असार
रुकुमका महिलाहरु एकजुट भइ तटबन्ध निर्माण तथा खानेपानी मुहान संरक्षणमा लागेका छन । ग्रामीण भेगका महिलाहरु यतिबेला रोपाइँसँगै अन्य विकास निर्माणका जोखिमपूर्ण काम नभनी एकजुट भएका छन । घेत्मा–७ मा खानेपानीको निकै समस्या भोगेका त्यहाँका महिलाहरुले अहिले घरघरमा पानी पु¥याएका छन ।mahila

घन्टौको बाटो हिँडेर खानेपानी ल्याउने गरेका त्यहाँका महिलाहरुले अहिले घेत्मा–७ मा रहेको खानेपानीको मुहानलाई संरक्षण गरेर धारा निर्माण गरेका छन् । खानेपानीका तीन धाराबाट प्रत्येक घरमा पाइप जोडेर खानेपानी पु¥याएको मुहान संरक्षण उपभोक्ता समितिका अध्यक्ष अमृता पुनले बताउनुभयो ।

घर घरमा पानी पुगेपछि महिलाको समय र श्रमको बचत हुनुका साथै दैनिकीमा पनि सहजता आएको छ । स्थानीय महिलाको पहलमा जिविस, जलवायु परिवर्तन सहयोेग कार्यक्रमको दुई लाख सहयोग र जनश्रमदान गरी उक्त आयोजना सञ्चालन गरिएको हो ।

यस्तै पुर्तिमकाँडा गाविस–७ चाइनाबगरका महिला पनि जलवायु परिवर्तन अनुकूलनमा जुटेका छन् । त्यहाँका महिलाले सानीभेरी नदीको छेउमा रहेको खेतमा जलवायु परिवर्तन सहयोेग कार्यक्रमको सहयोग र जनश्रमदानमा २३ मिटर लामो पक्की पर्खाल निर्माण गरेका छन् ।।