काठमाडौं, ३० असोज । सरकारले कोरोना सङ्क्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोनाको लक्षण देखिएमा वा पोजेटिभ आएमा मात्र क्वरेण्टीन वा आइसोलेशनमा बस्न निर्देशन दिएको छ ।
कोरोना सङ्क्रमितको व्यवस्थापनका लागि स्वास्थ्यकर्मी तथा अस्पतालका जनशक्ति अभाव हुन नदिन यस्तो व्यवस्था गरिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले जानकारी दिएका छन्। यसअघि कोभिड अस्पतालमा खटिने स्वास्थ्यकर्मीहरु एक हप्ता वा १५ दिन लगातारको कामपछि दुई हप्ता क्वरेण्टीन बस्ने गरेका थिए ।











