इन्द्रेणी संवाददाता
काठमाडौं, २७ असोज । अबदेखि सार्वजनिक सवारीका साधनले सबै सिटमा यात्रुहरु बसाल्न पाउने भएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले यसअघि गरिएको सिट क्षमताको आधार संख्यामा यात्रु बोक्न पाउने निर्णय उल्ट्याँदै अब सबै सिटमा यात्रु बोक्न पाउने निर्णय गरेको हो ।
बैठकले सबै सिटमा यात्रु राख्न पाइने र भाडादर पुरानै कायम गर्ने निर्णय गरेको छ । यसअघि आधा सिट क्षमतामा यात्रु राख्ने र ५० प्रतिशत भाडा बढी लिन पाउने व्यवस्था गरेको थियो । दशैंमा यात्रुहरुको चाप हुने भएकोले सवारी साधनमा सामाजिक सुरक्षाको मापदण्ड अप्नाउन पनि बैठकले सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।











