इन्द्रेणी संवाददाता
दाङ २६ चैत्र
घोराही नगरपालिका ३ ओखरामा सामुहिक हत्या गरिएका सहिदहरुको सम्झनामा ११ औ स्मृतिसभा आयोजना गरिएको छ । संयुक्त सहिदको परिवारको आयोजनामा जनयुद्धका सहिदहरु अर्जुन चौधरी, ईन्द्र बहादुर चौधरी र बिजय चौधरकिो सम्झनामा स्मृतिसभा गरिएको हो ।
तिनै जनाको हत्या २०६१ साल चैत्र २५ गते नेपाली सेनाले घोराहीको ओखरामा सामुहिक हत्या गरेको थियो । रामप्रसाद चौधरीको अध्यक्षतामा तथा खुसिराम चौधरिको प्रमुख आतिथ्यतामा भएको सभामा बोल्ने बक्ताहरुले सहिदको सपना यो सबिंधानले पुरा गर्न नसकेको बताएका थिए ।
नेकपा क्रान्तिकारी माओवादिका नगर ईन्चार्ज ईन्द्र बहादुर चौधरीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण पत्रकार प्रकाश चौधरीले गर्नुभएको थियो ।।