इन्द्रेणी संवाददाता
काठमाडौं, १२ असोज । औषधि व्यवस्था विभागले थप नौ सेनिटाइजर र उत्पादक कम्पनीका उत्पादनमा प्रतिबन्ध लगाएको छ । स्वास्थ्यमा गम्भीर असर पर्ने विषाक्त रसायन मिथानोल भेटिएपछि विभागले ती उद्योगमाथि प्रतिबन्ध लगाएको हो ।

senitaraijविभागले भारतीय कम्पनी शिभिका कस्मेक्युटिकल्स लिमिटेड उत्तराखण्डको हर्बलट्री ह्याण्ड रब, आर केमिकल एण्ड प्याकेजिङ इण्डस्ट्रीज पर्साको कुम ह्याण्ड सेनिटाइजर र क्लिन ह्याण्ड सेनिटाइजर, कुमकुम हर्बल इण्डस्ट्रिज बनेपाको कुमकुम इन्स्ट्यान्ट ह्याण्ड सेनिटाइजर, ओम आरोग्य हेल्थकेयर ललितपुरको इन्स्ट्यान्ट ह्यान्ड सेनिटाइजर साधना सप्लायर्स काठमाडौंको साधना इन्स्ट्यान्ट ह्याण्ड सेनिटाइजर माथि प्रतिबन्ध लगाएको छ ।

त्यसैगरी कालिका सोप एण्ड केमिकल इण्डस्ट्रिजको पहेलो रंगको ड्रोन ह्याण्ड सेनिटाइजर र रंगविनाका दुई सेनिटाइजर माथि पनि विभागले प्रतिबन्ध लगाएको छ । विभागले नौ वटै कम्पनीका उत्पादन तथा बिक्री वितरण अविलम्ब रोक्का पनि निर्देशन दिएको छ ।

यसअघि विभागले मानव स्वास्थ्यमा हानी पुर्याउने प्रकारका सेनिटाइजर उत्पादन गर्ने अन्य नौव ओटा सेनिटाइजर उद्योगमाथि प्रतिबन्ध लगाइ सकेको छ ।