इन्द्रेणी संवाददाता
काठमाडौं, ६ असोज । सरकारले हिजो सोमबार निधन भएका कीर्तिमानी पर्वतारोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ। बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकले शेर्पाको किरिया खर्च समेत सरकारले व्यहोर्ने निर्णय गरेको छ। नेपाली पर्वतारोही आङरिता शेर्पाको ७२ वर्षको उमेरमा सोमवार काठमाडौं जोरपाटीस्थित निवासमा बिहान १० बजे निधन भएको थियो ।
सन् १९८३ देखि सगरमाथा आरोहण थालेका शेर्पा अक्सिजनबिना नै १० पटक सगरमाथाको सफल आरोहरण गरेका थिए।











