इन्द्रेणी संवाददाता

दाङ,२४ भाद्र । दाङको तुलसीपुर उपमहानगरपालिका स्थित छिल्लीकोटमा पहिलो पटक नेपाल टेलिकमको टावर स्थापना भएको छ । हाल सम्म दाङ जिल्लाको टेलिकमले काम नगर्दा फोन नै लाग्न समस्या हुने छिल्लिकोट र आसपासको क्षेत्रका जनताको अत्याधिक माग भएपछी पूर्व सभामुख तथा दाङ क्षेत्र नम्बर दुईका प्रतिनिधी सभा सदस्य कृष्णबहादुर महराको बिशेष पहलमा नेपाल टेलिकमले छिल्लिकोटमा टेलिफोन टावर जडान गरिएको हो ।

तुलसीपुर उप–महानगरपालिका –१९ स्थित छिल्लीकोटमा टेलिफोनको टावर जडान  गरिएपछी त्यस क्षेत्रमा टेलिफोनका अलावा ‘फोर जी’ को ईन्टरनेट सेवा समेत सुचारु गर्ने तयारी भइरहेको नेपाल टेलिकमले जनाएको छ ।

महरा आफु संचारमन्त्री हुँदा ‘हात हातमा मोवाईल घर-घरमा ईन्टरनेट” को अत्यन्तै महत्वाकांक्षी नारा लिएर नेपाली संचार जगतमा कायापलट गर्ने योजना लिए संगै यसको विस्तारका लागि लागिपरेका छन्  ।

हाल उक्त स्थानमा स्थापित टावरका लागि आबश्यक पर्ने  विद्युत जडानको काम अन्तिम चरणमा पुगेको नेपाल टेलिकम घोराहीका प्रमुख अमरनाथ योगीले बताउछन  ।

विद्युतकरणको  ईस्टिमेण्टको जिम्मा बिद्युत प्राधिकरणले लिएको भन्दै त्यसले ईष्टिमेण्ट बनाएर दिन छिट्टै ईन्टरनेट र टेलिफोन सुचारु गरिने योगीको भनाई छ । एस सय,पचाँस घरधुरीको संख्यामा रहेका स्थानिय गाउँलेहरु टेलिफोन नुहदा बर्षाै समस्या भोग्दै आएका थिए ।टावर नुहदा घरबाट बिदेशीका आफन्त र ईष्टमित्रसंग कुरा गर्न रोल्पा र दाङको बिजौरी,संक्राम, स्यालापानी पुग्नु पर्ने बाध्यता रहेको स्थानिय परवीर पुनले बताए ।