इन्द्रेणी संवाददाता
काठमाडौं, २२ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज बिहान छलफल भएको छ ।

KP-प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलबाट भदौ २६ गते शुक्रबार स्थायी कमिटी बैठक बोलाउन सहमत भएका छन् ।
कार्यदलले भदौ ६ गते प्रतिवेदन बुझाएपछि त्यसमा छलफल हुन बाँकी छ । सचिवालय बैठकमा छलफल भएपनि स्थायी कमिटीमा छलफल गरेर प्रतिवेदन परिमार्जनको माग पार्टी नेताहरूले गर्दै आएका छन् ।