इन्द्रेणी संवाददाता
काठमाडौं, २२ भदौ। नेपालमा आज सोमवार थप ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९ हजार २१८ ओटा पीसीआर परीक्षण गर्दा ९७९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

koronaयोसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ । सोमवार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विगत २४ घण्टामा थप ११ जनाको मृत्यु भएको बताए । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३०० पुगेको छ ।

मन्त्रालयका अनुसार हाल संस्थागत आईसोलेशनमा ९ हजार ६९ जना रहेका छन् । होमआईसोलेशनमा ७ हजार १९० जना रहेका छन् । त्यसैगरी सक्रिय संक्रमितको संख्या १६ हजार २५९ जना रहेको छ ।

हाल क्वारेन्टाइनमा ४ हजार ७३९ जना रहेका छन् । यसैगरी कुल संक्रमित मध्ये ६५ प्रतिशत निको भएर घर फर्किएका छन् । त्यसैगरी हालसम्म कुल डिस्चार्ज हुनेको संख्या ३० हजार ६७७ पुगेको छ । सोमवार मात्रै थप १ हजार ७३६ जना डिस्चार्ज भएका छन् ।