इन्द्रेणी संवाददाता
दाङ, २० भदौ । दाडमा आज शनिवार थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप ३९ जनामा कोरोना संक्रमण देखिएको जनाएको छ ।
मन्त्रालयले जिल्लाको कुन पालिका र कुन ठाउँका भन्ने बारे भने खुलाएको छैन । पछिल्ला दिनहरुमा दाङमा पनि दैनिकजासो कोरोना संक्रमण देखिदै गएको छ । कोरोना संक्रमनको जोखिम विस्तार हुन नदिन भदौ १४ गतेदेखि जिल्लामा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा भोलि राति १२ बजेबाट सकिदैछ ।
यता घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा भने आज थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रतिष्ठानले जारी गरेको सूचनामा घोराहीका १८, तुलसीपुरका १८ र शान्तिनगरका एक जना गरी ३७ जनामा कोरोना संक्रमण पुष्टि गरिएको छ ।












