काठमाडौं,२९ असार नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि नेपाली कांग्रेसभित्र सरकारको नेतृत्व आफूले लिनुपर्छ भन्ने बहस सुरु भएको छ । यसका लागि ठोस निर्णय गर्न कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको कांग्रेसका प्रभावशाली नेता अर्जुननरसिंह केसीले बताए ।
बहुमतिय प्रणाली अनुसार केपी ओली को नेतृत्व अल्पमतमा परेपछि स्वतः बिघटन हुने भएकाले अब नयाँ सरकार गठन हुने र नयाँ सरकार घटन हुँदा ठुलो दल भएकाले नेपाली कांग्रेसले नै सरकारको नेतृत्व गर्नु पर्ने र माओवादी ले पनि कांग्रेस लाई समर्थन गर्नुपर्ने कांग्रेस स्रोतको दावी छ ।
