इन्द्रेणी संवाददाता
रुपन्देही, १९ भदौ । रुपन्देहीमा आज शुक्रवार एकैदिन तीन जना कोरोना संक्रमितको ज्यान गएको छ । होम आइसोलेसनमा बसेका सिद्धार्थनगर नगरपालिका वडा नं. ८ का ४५ वर्षीय पुरुषको ज्यान गएको हो ।

koronaमिर्गौलाले काम नगरेपछि चितवनमा डाइलासिस गरेर फर्किए ती व्यक्तिको मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीका कोरोना फोकल पर्सन केदारनाथ साहले बताएका छन् ।

त्यसैगरी आज बिहान नै बुटवल उपमहानगरपालिका वडा नं. ८ का ७८ वर्षीय पुरुषको कोरोना विशेष अस्पतालमा मृत्यु भएको छ । त्यसअघि शुक्रबार नै बुटवलस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा उपचाररत सिद्धार्थनगर नगरपालिका वडा नं. ७ की ६४ वर्षीया महिलाको पनि मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।