काठमाडौं, १९ भदौ । जिल्ला प्रशासन कार्यालय, ललितपुरले चक्रपथ क्षेत्रभित्र आज शुक्रबार बिहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ ।
बिहीबार रातो मत्स्येन्द्रनाथको रथयात्रा अगाडि बढाउने क्रममा पुलचोक क्षेत्रमा सुरक्षाकर्मी र रथयात्राका सहभागीबीच झडप भएपछि यस्तो आदेश जारी भएको हो ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले सूचना प्रकाशन गर्दै कर्फ्युआदेश जारी भएको जानकारी दिएका छन् ।सो अवधिमा यस क्षेत्रमा आवतजावत गर्न, भोला हुन, नारा जुलुश गर्नलगायतका कार्यहरु गर्न पाइने छैन ।












