इन्द्रेणी संवाददाता
दाङ, १८ भदौ । दाङमा प्रहरीले जुवाको खालबाट १३ जनालाई नियन्त्रणमा लिएको छ ।

DSC02661 जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले तुलसीपुर उपमहानगरपालिका वडा नं. १४ पननपुर निवासी निमबहादुर केसीको घरमा जुवा खेलिरहेको अवस्थामा नगद ६३ हजार ८४० रुपैयाँसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी सुमित खड्काले जानकारी दिएका छन् ।

पक्राउ पर्नेहरुमा तुलसीपुर १४ बस्ने मधुकर वस्नेत, माधव विक, दीपक वादी, राजाराम विक, निर्मल केसी, चुडामणि खत्री, भागवत डाँगी, बाबुराम नेपाली, निमबहादुर केसी, विकेश परियार दीपक डाँगी, वडा नं. १५ बस्ने प्रधन धिताल र घोराही ९ बस्ने बसन्त बुढाथोकी रहेका छन् ।
उनीहरुबाट ६ गड्डी ताससमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरुमाथि अनुन्धान भइरहेको बताइएको छ ।