इन्द्रेणी संवाददाता 

काठमाडौं । नेकपा माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकार लाइ आफुले दिएको समर्थन फिर्ता भए संगै नयाँ सरकारको संरचनाबारे गृहकार्य तीब्र भएको छ । अहिले राति अबेर सम्म पनि नेपाली कांग्रेस र माओवादी केन्द्रका दोस्रो तहका नेताहरुले सरकारको स्वरुपबारे छलफल तीब्र पारेका छन् यद्धपी कांग्रेस र माओवादी बीच एक प्रकारको सहमति भने भैसकेकोछ ।

mmmmmमाओवादी केन्द्रका एक नेता तथा केपी ओली नेतृत्वको सरकारका मन्त्रीका अनुसार माओवादी केन्द्र र कांग्रेसले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको छ । जसअनुसार पहिलो चरणमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” प्रधानमन्त्री बन्नेछन् । प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेसबाट उपप्रधान तथा गृहमन्त्रीमा विमलेन्द्र निधि बन्ने पक्का भएको छ । त्यस्तै माओवादी केन्द्रबाट उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा बन्ने पक्का भइसकेको छ ।

त्यस्तै स्रोतका अनुसार माओवादी केन्द्र र कांग्रेसका बिचमा केहि महत्वपुर्ण मन्त्रालय मा सहमति गर्ने र केहि मन्त्रालय हरु साना दलहरुलाई छोड्ने सहमति भएको छ भने वर्तमान सरकार सहयोग गरेका मधेसी दलहरुले पनि प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेपनि सरकारमा भने नजाने निर्णय गरेकाछन