इन्द्रेणी संवाददाता
दाङ, १५ भदौ । जिल्लामा कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि दाङमा आइतवार राति १२ बजेदेखि लागु हुने गरी एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको गत शक्रवार वसेको बैठकको निर्णय अनुसार भदौ १४ गते राति १२ बजेदेखि लागु हुने भदौ २१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिको हो ।
निषेधाज्ञा जारी भएपछि अतिआवश्यक सवारीका साधन वाहेक अन्य सवारीका साधन चलेका छैनन् भने बजार पनि खुलेको छैन । एक सातासम्मको निषेधाज्ञा र यो समयमा गरिने कोरोना परीक्षणको अवस्थाले देखाउने परिणामअनुसार पछिल्लो अवस्था विश्लेषण गर्न सकिने प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताएका छन् ।
निषेधाज्ञालाई पालना गरेर जिल्लामा थप कोराना संक्रमणलाई फैलिनबाट जोगाउन आफ्नो तर्फबाट सहयोग गर्न आमनागरिकलाई प्रजिअ रिजालले आग्रह समेत गरेका छन् ।











