इन्द्रेणी संवाददाता
काठमाडौं, १४ भदौ। नेपालमा कोरोनाबाट आज एकैदिन १४ जनाको ज्यान गएको छ । यो संख्या अहिलेसम्मकै उच्च हो ।

korona वितेको २४ घण्टामा देशका विभिन्न जिल्लामा थप १४ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२१ पुगेको मन्त्रालयका प्रवक्ता डा. जोगेश्वर गौतमले जानकारी दिएका छन् ।