इन्द्रेणी संवाददाता
प्यूठान, ८ भदौ । प्यूठानमा अवैध रुपमा लुकाइ राखेको गाँजासहित एक जना पक्राउ परेका छन् ।

pakrauविशेष सुचनाको आधारमा प्यूठानको सरुमारानी गाउँपालिका–३ कासकोटका ६२ वर्षिय तोमेबहादुर सामतलाई प्रहरीले उनकै घरवाट पक्राउ गरेको हो ।

घरमा लुकाइ राखेको अवस्थामा २१ किलो ८६० ग्राम गाँजासहित सामतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक विष्णु पौडेलले जानकारी दिए । सामतलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।