इन्द्रेणी संवाददाता
दाङ, ७ भदौ । आज थारू समुदायको अट्टवारी पर्व । थारू समुदायले यो वर्षलाई भव्यताका साथ मनाउदैछन् । यो पर्वमा मिठा मिठा परिकार बनाएर आने गरिन्छ भने यो समुदायका महिलाहरु पानीसमेत नखाएर (निर्जल) ब्रत बस्ने चलन छ ।
अट्टवारीको अवसरमा प्रदेश नं. ५ सरकारले आज एक दिनका लागि सार्वजनिक विदा दिएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै भदौ ७ गते सार्वजनिक विदा दिएको हो ।
यसैबीच घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले आज पर्न गएको अट्टवारी पर्वको अवसरमा थारु समुदायलाई शुभकामना व्यक्त गरेका छन् ।











