तुलसीपुर, ६ भदौ । तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख घनश्याम पाण्डेले थारू जातिका लागि तुलसीपुर ऐतिहासिक नगर भएको उल्लेख गरेका छन् ।

ghanashyam copyथारू राजा दंगीशरणको ऐतिहासिक दरबार यसै उपमहानगरपालिकाभित्र पर्ने भएको भन्दै तुलसीपुर थारू सँस्कृतिका लागि खुला पुस्तकालय भएको समेत उनले उल्लेख गरेका छन् ।

थारूजातिको महत्वपूर्ण पर्व अट्वारीको अवसर पारेर शुभकामना सन्देश सम्प्रेषण गर्दै नगर प्रमुख पाण्डेले विभिन्न जातजाति र समुदायले मनाउने पर्व र संस्कृतिले अनेकतामा एकताको सन्देश सम्प्रेषण दिएको उल्लेख गरेका छन् । “यस्ता पर्वहरुले विभिन्न जातजातिका बीचमा मेलमिलाप, भ्रातृत्व र सद्भाव बढाउनका लागि महत्वपूर्ण भूमिका खेलेको हुन्छन् ।” शुभकामना सन्देशमा लेखिएको छ ।

तुलसीपुरमा थारू जातिको बाहुल्यतालाई दृष्टिगत गरेर थारु भाषाको स्थानीय पाठ्यक्रम निर्माणका साथै कार्यालयको कामकाजको भाषा वनाउने प्रक्रिया समेत अगाडि वढेको उनले सन्देशमा वताएका छन् ।

“थारू राजा दंगीशरणले पाँच पाण्डवको सहयोगमा शत्रुहरुलाई परास्त गरेको किंवदन्तीसँग जोडिएको यो पर्वले थारू समुदायमा निकै नै महत्व राख्ने गर्दछ ।” शुभकामना सन्देशमा उनले लेखेका छन् ।

कोरोना महामारीको संक्रमणलाई लक्षित गरेर सबैले स्वास्थ्य नियमहरुको पालना गरेर यो पर्व मनाउनका लागि पनि आग्रह गरिएको छ ।