इन्द्रेणी संवाददाता
प्यूठान, ५ भदौ । कोरोना संक्रमणबाट प्यूठानमा एक जनाको मृत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका वडा नं. ७ सोत्रे निवासी ६५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

dethकोभिड हस्पिटल बुटवलमा उपचारको क्रममा उनको मृत्यु भएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले बताए ।
ती व्यक्तिको स्वाव साउन २६ गते लिइएको थियो ।

साउन ३२ गते पोजेटिभ रिर्पोट आएपछि उपचारका लागि बुटवल रिफर गरिएको थियो । प्यूठानमा कोरोनाबाट मृत्यु भएको यो पहिलो घटना हो ।