बागलुङ, ३१ साउन । बागलुङमा एक घर पहिरोले पुरिदा दुई जना बालकको ज्यान गएको छ । निसीखोला गाउँपालिका–५ कारीगाउँकाका हिराबहादुर विकको घर पुर्दा उनका १४ वर्षिय छोरा विरेन्द्र विक र छोरीको छोरा ६ वर्षिय नाति प्रवेश विकको मृत्यु भएको हो ।
पहिरोमा परी विककी श्रीमती ५३ बर्षिय विलसरा विक घाइते भएकी छन् । तर घरको माथिल्लो तला अर्थात आँटीमा सुतेका परिवार सकुशल रहेका छन् । अविरल वर्षातका कारण शुक्रबार राती साढे दुई बजेको समयमा पहिरो आएको थियो ।











