काठमाडौं, २९ साउन । यसअघि अतिआवश्यकीय सेवाका सवारी साधनलाई एक जिल्लाबाट अर्काे जिल्ला जानका लागि पास दिदै आएको सरकारले आजदेखि त्यो सेवा पनि बन्द गरेको छ ।

home minकोरोना संक्रमण जोखिम बढ्दै गएको भन्दै गृह मन्त्रालयले सबै जिल्लाका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै आज विहीबारदेखि एक जिल्लाबाट अर्को जिल्ला जान गाडीको पास नदिन निर्देशन दिएको छ ।

गृह मन्त्रालयले ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गर्दै आजदेखि लागू हुने गरी गाडीको पास वितरण नगर्न निर्देशन दिएको हो । योसँगै अत्यावश्यक कामबाहेकका लागि यसअघि लिइएका पास पनि रद्द भएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिएका छन् ।

pass