काठमाडौं, २८ साउन। लाकडाउन सकिएको घोषणासँगै १५ साउनदेखि होटल तथा रेष्टुरेन्ट सञ्चालन गर्न अनुमति दिएको सरकारले पुनः होटल तथा रेष्टुरेन्ट बन्द गरेको छ । सोमवार बसेको मन्त्रीपरिषदको बैठकले कोरोनाको जोखिम बढ्दै गएको भन्दै होटल तथा रेष्टुरेन्ट पुनः बन्द गर्ने निर्णग गरेको हो ।
बैठकले होटल र रेष्टुरेन्टमा बसेर खान नपाइने निर्णय गरेको हो भने ‘टेक अवे’ सुविधा भने खुला गरेको छ । अब होटल र रेष्टुरेन्टबाट सामान प्याक गरेर लैजान मात्र पाइने भएको छ । यस्तै सकारले अत्यावश्यकबाहेकमा कुनै पनि प्रकारका बैठक, समीक्षा, गोष्ठी, सेमिनार, छलफल, भेला जस्ता सामूहिक जमघटका कार्य निषेध गर्ने निर्णय पनि गरेको छ ।
यस्तै दुई सयभन्दा बढी संक्रमित भएका जिल्ला र काठमाडौं उपत्यकाका सरकारी तथा गैरसरकारी निकाय, बैंक, सहकारी, लघुवित्त एवं वित्तीय संघ संस्थालगायत प्रत्यक्ष सम्पर्कमा रही सेवा प्रवाह गर्र्ने सबै कार्यालयलाई ५० प्रतिशत कर्मचारी आलोपालो गरी उपस्थित हुने र घरबाटै सम्पादन गर्न सकिने तोकिएका कार्यहरू गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ भने विद्युतीय माध्यमबाट सेवा प्रवाहको व्यवस्था मिलाउने निर्णय पनि गरेको छ ।











