देउखुरी, २६ साउन । राप्ती गाउँपालिकाको चालु आर्थिक वर्षको पहिलो कार्यपालिका बैठकले सम्पन्न भएको छ ।

IMG_3479बैठकले विगतका आर्थिक वर्षमा हुने गरेका कमीकमजोरीलाई चालु आर्थिक २०७७/७८ मा नदोहोरिन दिन कार्यालयलाई आग्रह गरेको छ ।
जिल्ला समन्वय समितिको चौथो सभामा दाङ जिल्लाका पालिकाहरु विच भएको कार्यसम्पादन प्रक्रियाबाट दोस्रो स्थानमा आएकोमा आगामी दिनमा थप कार्यजोसका साथ नागरिकको सेवामा समर्पित भएर कार्यसम्पादन गर्ने सम्वन्धमा छलफल गरिएको छ ।

राप्ती गाउँपालिका गाउँकार्यपालिका अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा भएको कार्यपालिका बैठकले गत वर्षको पुरक बजेट पारित गर्ने निर्णय गर्दै थप ६ प्रस्तावमा छलफल गरी निर्णय गरेको प्रवक्ता विद्याशरण चौधरीले जानकारी दिए ।

बैठकमा प्रस्तावहरुका विषयमा प्रस्टाउदै सदस्य सचिव तथा प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजालले राप्ती गाउँपालिकाकोे वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण गर्ने सम्वन्धमा बनेको विधेयक २०७७ र राप्ती गाउँपालिकाको संक्षिप्त वातावरणीय अध्ययन तथा प्रारम्भिक बातावरणिय कार्यविधि २०७७ को मस्यौदा माथि प्रकाश पारेका थिए ।

बैठकबाट बसन्तापुरमा निर्माणधिन कृषि उद्योग, घ वर्गको निर्माण ईजाजत पत्र, आर्थिक वर्षको दररेट, घर अभिलेखीकरण लगायतका विषयमा निर्णय गरिएको छ ।