तिर्थराज ज्ञवाली
देउखुरी, २६ साउन । नेपाल रेडक्रम सोसाइटी जिल्ला शाखा दाङले राप्ती गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
कोभिड १९ को जोखीमबाट नागरिकलाई सुरक्षित राख्न सहयोग पुगोस भन्ने उदेश्यका साथ नेपाल रेडक्रम सोसाइटीद्धारा स्वास्थ्य सामग्री उपलब्ध गराईएको राप्ती गाउँपालिका विपद् फोकल पर्सन सुवास भट्टाईले जानकारी दिएका छन् ।
विभिन्न पालिकाहरुमा जस्तै यस राप्ती गाउँपालिकाको कोरनाको संक्रमण न्यूनिकरण अभियानलाई तिब्रताका साथ अघि बढाउने अभियानमा सहयोग पुराउने उदेश्यका साथ स्वास्थ्य सामग्री प्रदान गरेको सभापति नारायण आचार्यले बताए ।
नागरिकलाई सुरक्षित राख्न सन्देश मुलक फेलेक्स ब्यानर, डस्टविन, ट्वाईलेट ब्रुस, हर्पीक, फिनाइल, ओडोनिल, हाइड्रोक्लोराइड, सेनिटाइजर, सर्जिकल मास्क,सर्जिकल ग्लोब्स, मेडिकल झुल, मस्कीटो लीक्युड र महिनावारी स्वच्छता सामग्री बक्स लगायतका सामग्री गाउँपालिकालाई प्राप्त भएको राप्ती गाउँपालिका स्वास्थ्य शाखा संयोजक नारायण राउतले बताए ।











