इन्द्रेणी संवादददाता
दाङ, २२ साउन । सरकारले दिदै आएको जीवन निर्वाह भत्ता रोकिदिएको भन्दै दश वर्षीय सशत्र जनयुद्धका घाइतेहरुले आज सरकारलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । उनीहरुले आज जिल्ला प्रशासन कार्यालयमार्फत मुख्यमन्त्री र गृहमन्त्रालयलाई ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराएका हुन् ।

afafजनक्रान्तिका घाइते तथा अपांग यौद्धा संगठन दाङले पनि जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापनपत्र पठाएको संगठनका संयोजक खगेश्वर घर्तीले जानकारी दिएका छन् । दाङमा मात्रै सशत्र द्धन्दको समयमा घाइते भएकाहरु करीव साढे सात सय छन् । ती मध्ये २२ जनाले सरकारबाट जीवन निर्वाह भत्ता पाउदै आएका थिए ।

आफ्नै योगदानबाट देशमा गणतन्त्र स्थापना भएको र अहिले यही सरकारले जीवन निर्वाह भत्ता रोक्का गरिदिदा जीवन चलाउन समस्या भएको घाइते बंगलाचुली २ की कुमारी नेपालीले गुनासो गरिन् ।