सुल्यान, २५ चैत्र
सल्यानको कपुरकोटमा १२ चक्के ट्रक विच सडकमै फसेपछि अवरुद्ध भएको राप्ती लोकमार्ग सडकखण्ड सन्चालनमा आएको छ । गए राती रोल्पा सिमेन्ट प्रालिको ना ६ ख ६६५ नम्बरको १२ चक्के लोड भएको ट्रकको अगाडीको भाग सडक मुनी खसेपछि राप्ती लोकमार्ग अन्तर्गत दाङ, सल्यान र रुकुमको आवतजावत वन्द भएको थियो ।
विहान १० वजेसम्म आवतजावत वन्द भएको उक्त सडकखण्डमा विारी साधन चल्न सुरु गरेको प्रहरी चौकी कपुरकोटले जनाएको छ । डोजर र स्काभेटरको प्रयोग गरी सडमका फसेको ट्रक वाहिर निकालिएको हो । यसअघि ट्रक विच सडकमै फस्दा दाङ हुँदै सल्यान, रुकुम रोल्पा जाने र सल्यान, रुकुम रोल्पाबाट दाङतर्फ जाने सयौं सवारी साधन विच सडकमै लाइन लागेका थिए भने यात्रुहरु अलपत्र परेका थिए ।।
