रेखा मगर
घोराही, २५ चैत्र
यसबर्षको एसएलसी परिक्षा अन्तर्गत आज विद्यार्थीहरुले ऐच्छिक प्रथम विषयको परिक्षा दिएका छन् । आज ऐच्छिक प्रथम विषयको परिक्षामा दाङमा २ सय ९५ जना परिक्षार्थी अनुपस्थित भएको जिल्ला शिक्षा कार्यालयले जानकारी दिएको छ ।
जिल्लामा सञ्चालित ४२ वटै परिक्षा केन्द्रमा आजपनि शान्तिपूर्ण र मर्यादितरुपले परिक्षा सम्पन्न भएको छ । दैनिक परिक्षामा अनुपस्थित हुवे परिक्षार्थीहरु वढेका छन । हिजो स्वास्थ्य तथा जनसंख्या विषयको परिक्षामा दाङमा २ सय ९४ जना परिक्षार्थी अनुपस्थित भएका थिए ।
यसैविच जिल्ला शिक्षा कार्यालय, जिल्ला शिक्षा समिति, प्रहरी सहितको टोलीले विभिन्न परिक्षा केन्द्रहरुको अनुगमन समेत गर्दै आएको छ । भोली परिक्षार्थीहरुले ऐच्छिक दोस्रो विषयको परिक्षा दिदैछन ।।
