काठमाण्डौ, २५ चैत्र
नेपाली कांग्रेस संसदीय दलको कार्यसमिति चयनका लागि आज मनोनयन दर्ता हुँदै छ । उमेदवारी दर्ताको लागि विहान ११ देखि अपरान्ह १ बजेसम्मे समय तोकिएको छ । अपरान्ह साढे ५ बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गरिने कार्यतालिका रहेको छ ।
संशोधित विधान अनुसार समावेशी समानुपातिक सिद्धान्तका आधारमा २२ जना सदस्य चयन हुनेछन् । यसअघि विकास क्षेत्र अनुसार सदस्य चयन हुने गरेकोमा कांग्रेसले नयाँ संविधान अनुसार प्रदेशका आधारमा सदस्य चयन हुने गरी विधान संशोधन गरेको हो ।
कार्यसमितिको निर्वाचनका लागि भोली विहान ९ देखि १२ बजेसम्म विद्युतीय प्रणाली मार्फत मतदानको कार्यतालिका रहेको कंग्रेसले जनाएको छ । यसअघि हिजो संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाले रामचन्द्र पौडेललाई पराजित गर्नुभएको थियो ।।
